कर्णाली- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो । कोरोना भाइरसको चपेटामा परेको कर्णालीका लागि भएको एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मङ्गल रावलले जानकारी दिनुभयो ।
डा.रावलले भन्नुभयो “दूतावासले यो वर्ष नेपाललाई तीनवटा अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । ती तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका छन् ।” एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीमा यस वर्ष भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ बस प्रदान गरेको थियो । सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस