मङ्गलबारे- थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् । मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको बदलिँदो अवस्थाबारेमा अनुगमनका क्रममा पाठकसहितको टोली इलाम आएको हो ।
मानवअधिकार आयोगका पदाधिकारीको टोलीले इलाम कारागारको अनुगमन गरेको सहित सरोकारवालासँग छलफलसमेत गरेको छ । कारागारमा आइसोलेसन र क्वारेन्टिन छ या छैन भन्नेबारे साथै यसको गुणस्तरका विषयमा अनुगमन गरिएको हो । कारागारमा रहँदा कोरोनापछि भोग्नुपरेका समस्या र कोभिडले निम्त्याएको असरका विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । कारागारका कैदीले आन्तरिक प्रशासनअन्तर्गत पाउनुपर्ने सेवासुविधा विगतका दिनमा पाए पनि हाल नपाएको भन्दै गुनासो गरेका छन् । कैदीका तर्फबाट आयोगका पदाधिकारीलाई नौँ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ ।
सो कारागार १२० कैदी अटाउन सक्ने क्षमताको भए पनि २४० बढी कैदी भएका कारण समस्या भएको कैदीहरुको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले कानूनी केही बाधा रहे पनि व्यवहारिक पक्षमा समेत ध्यान दिएर काम गर्ने गरेको बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीनराज राईले इलाममा असहज परिस्थिति नरहेको बताउनुभयो । उहाँले थुनुवा तथा कैदीको खचाखचको स्थिति नरहेको जानकारी गराउनुभयो ।
कारागार अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफलका क्रममा कारागारका तर्फबाट जेलर प्रदीप श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणबाट बाहिरी भेटघाट बन्द गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीको दरबन्दी भए पनि कर्मचारी नहुँदा समस्या नभएको जानकारी गराउनुभयो ।
कारागारमा गाडीको व्यवस्था नहुँदा झनै समस्या भएको उहाँको भनाइ छ । त्यस्तै जिल्ला सरकारी वकिल युवराज महतले कोरोना सङ्क्रमण शुरु भएपछि कारागार र अदालतमा भीडभाड कम गराउन प्रयत्न भएको बताउनुभएको थियो । कानूनी केही बाधा रहे पनि सहजीकरण भइरहेको उहाँको भनाइ छ । मानवअधिकार आयोगले मङ्गलबारबाट झापासहित इलाम हुँदै देशका २७ जिल्लाको अनुगमन गर्ने गरी काम थालेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस