रुपन्देही– तिलोत्तमा नगरपालिकामा थप दुई सरकारी स्वास्थ्य संस्था थपिएका छन् । यससँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । आजबाट वडा नं १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।
वडा नं १ को शिवचोक र वडा नं ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । नगरपालिकाले केही दिनभित्रै वडा नं ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने जनाएको छ ।
हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताकासाथ अघि बढेको हो । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवन पनि निर्माण भइरहेका छन् ।
हालसम्म तिलोत्तमाका वडा नं १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । नगरप्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको जनाउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस