चितवन- जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् ।
वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताउनुहुन्छ । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उहाँले भन्नुभयो, “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उहाँका अनुसार डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने उहाँको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उहाँले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराउनुभयो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको सङ्ख्या बढ्ने बताउनुहुन्छ । लामखुट्टेको टोकाइबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उहाँले भन्नुभयो, “डेङ्गु, कालाजार, मलेरिया, आउँ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाइफस फिबर सार्न सक्ने खतरा रहेको उहाँले बताउनुभयो ।
तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोरसमेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाइपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिनुभयो । यसअघि पनि चितवनमा टाइफाइडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उहाँले बताउनुभयो । भाँडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेङ्गु फैलिन सक्ने खतरा तिवारीले औँल्याउनुभयो । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउनुहुन्छ ।
भरतपुर–१२ का स्थानीय समाजसेवी शालिग्राम शर्मा जमेको पानीले मानव बस्तीमा दुर्गन्ध फैलिएको बताउनुहुन्छ । झारपात कुहिएर, किराफट्याङ्ग्रा मरेर पानी फोहोर भएको भन्दै उहाँले सर्प, मुसालगायतका जीव जमिनबाट बाहिर निस्किएर घरहरुमा पस्ने समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै बस्दासमेत नाक थुनेर बस्नुपर्ने अवस्था छ ।”
विज्ञहरुले अस्पताल क्षेत्रमा पानी जम्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन् । पानी जमेको यसै क्षेत्रमा सङ्घीय सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, दुई दर्जनभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल रहेका छन् । यी अस्पतालमा चितवनसहित १८ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गर्दछन् । ती अस्पतालहरुमा अहिले भयावह बन्दै गएको कोरोनाका सङ्क्रमितसमेत छन् । उनीहरुले प्रयोग गरेको मलमूत्र र फोहोरसमेत पानीमा मिसिन सक्ने खतरा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस