इलाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरिएको छ ।
भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।
पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको थियो ।
नेम्वाङमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यसको विषय पुर्याएपछि भेन्टिलेटर उपलब्ध गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो ।
भेन्टिलेटर उपलब्ध भए पनि तत्काल सेवा दिने अवस्था छैन । दक्ष जनशक्ति अभाव भएकाले केही महिनापछि मात्र सञ्चालन हुने अस्पतालका प्रमुख एवम् जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले जानकारी दिए ।
अहिले इलाम अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि ३ जनामात्रै कार्यरत छन् । निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस