काठमाडौं-सम्झौताअनुसार स्वास्थ्य सामग्री आपूर्ति नगरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई)प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कोरोेना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नीले स्वास्थ्य मन्त्रालयसँग एक अर्ब २४ करोड ६८ लाखको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार सामग्री ल्याएन । ल्याएका केही सामग्री पनि बजारमूल्यभन्दा अत्यधिक महँगा थिए ।
ओम्नीले ल्याएका सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठाउँदै चौतर्फी आलोचना भएपछि सरकारले गत १९ चैतमा सम्झौता रद्द गरेको थियो ।
समयमा सामग्री आपूर्ति नगराएका कारण धरौटी जफत गर्दै कालोसूचीमा राख्ने प्रक्रिया पनि सँगै अघि बढाएको थियो । ओम्नीलाई कालोसूचीमा राख्न त्यतिखेरै सार्वजनिक खरिद अनुगमको कार्यालयलाई सिफारिस पनि गरिएको थियो । करिब पाँच महिनापछि मात्रै कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले अघि बढिसकेको स्वास्थ्य सामग्री आपूर्तिको खरिद प्रक्रिया हठात् रद्द गरेर ओम्नीलाई विनाप्र्रतिस्पर्धा ठेक्का दिएको थियो । स्वास्थ्यमन्त्रीसहितका उच्च अधिकारीहरूकै मिलेमतोमा ओम्नीलाई ठेक्का दिइएको थियो ।
अख्तियार अझै अलमलमा
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितका पदाधिकारीविरुद्ध १९ चैतमै अख्तियारमा उजुरी परेको थियो । त्यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध पनि छुट्टै उजुरी परेका थियो । तर, पाँच महिना बित्दा पनि छानबिन टुंगोमा पुग्न सकेको छैन ।
दुवै उजुरीमाथिको प्रारम्भिक अनुसन्धानबाट अनियमितता भएको भेउ पाएपछि अख्तियारले विस्तृत छानबिन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठलगायतसँग बयान पनि गरेको थियो । तर, पछिल्लो समय अख्तियार मौन बसेको छ । स्रोतका अनुसार सरकारबाट दबाब आएका कारण अख्तियार छानबिन अगाडि बढाउने–नबढाउने अलमलमा परेको बताउँछ ।
ओम्नी समूहले भने सरकारको कारबाहीविरुद्ध अदालत गुहारेको थियो । सरकारले एकतर्फी रूपमा स्वास्थ्य सामग्री खरिदको सम्झौता रद्द गरेकाले सो निर्णय बदरको माग गर्दै ओम्नीले सर्वोच्च अदालतमा रिट हालेको थियो । यद्यपि, सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार ग¥यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस