काठमाडौं-कोभिड– १९ को उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’मा अस्पतालहरूले बिरामीबाट पैसा असुल गरिरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
समाचार अनुसार सरकारले प्लाज्मा थेरापी सुरु गरेका कोभिड अस्पतालहरूमा निःशुल्क रेम्डेसिभिर प्रयोग गर्ने निर्णय गरे पनि निजी तथा सरकारी अस्पतालले बेच्ने गरेका छन् ।
सरकारले अस्पतालहरूलाई भनेको छ, ‘बिरामीको अवस्था हेरेर रेम्डेसिभिर किनेर दिनुहोस्, त्यसमा लागेको खर्च हामी व्यहोर्नेछौँ ।’ सरकारले रेम्डेसिभिरको पैसा दिन्छ भन्नेमा अस्पतालहरू विश्वस्त छैनन् ।
त्यसैले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर आफूले किनेर बिरामीलाई बेच्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले आफूहरूले खरिद गरेकै मूल्यमा बिरामीलाई बेचेको बताए ।
‘रेम्डेसिभिर प्रयोग गरेको पैसा स्वास्थ्य मन्त्रालय वा एनएचआरसी कसले दिने हो अहिलेसम्म यकिन भएको छैन,’ डा. राजभण्डारीले भने, ‘बिरामी बचाउनु चिकित्सकको दायित्व भएकाले हाम्रा बिरामीलाई आफैँले किनेर बेचेका छौँ ।’
‘क्लिनिकल ट्रायल’मा रहेको औषधि प्रयोग गर्न निःशुल्क उपलब्ध हुन्छ । बरु औषधि उत्पादक कम्पनीले सम्बन्धित देशको अनुसन्धान संस्थालाई ठूलो रकम उपलब्ध गराउँछ । तर, यो रेम्डेसिभिरको क्लिनिकल ट्रायलमा भने सरकारले नै बिरामीलाई ठगिरहेको छ ।
अस्पतालले सप्लायर्ससँग प्रतिभाइल ६ हजार चार सय रुपैयाँमा रेम्डेसिभिर खरिद गर्दै आएका छन् । आफ्नो फार्मेसीमार्फत खरिद गर्ने र लागेकै मूल्यमा बिरामीलाई बेच्ने गरेका छन् ।
टेकु अस्पतालका प्रमुख डा. राजभण्डारीले भने, ‘हामीले बिरामीलाई खर्चको बिल राख्न भनेका छौँ, यदि सरकारले रकम उपलब्ध गराएको खण्डमा उनीहरूको बिलअनुसारको रकम फिर्ता गर्छौँ ।’ टेकु अस्पतालमा अहिले १९ जनाले रेम्डेसिभिरको प्रयोग गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस