बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–५, बिहुँ रिजाल चोकमा जरिङ्गोको साग खाँदा एकै परिवारका चार जना गम्भीर बिरामी परेका छन् । बिहीबार बिहान साग खाँदा रिजालचोकका ७१ वर्षीया देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणी कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल बिरामी परेका हुन् ।
साग खाएपछि चारै जना बेहोस भएको बिरामीका दाजु गणेश कँडेलले जानकारी दिए । बिहानको खाना खाएपछि भाइले रिङ्गटा लाग्यो भनेको र त्यसलगतै बेहोस भएको उनले बताए ।
परिवारका सबै सदस्यलाई घुमाउने तथा बेहोस भएपछि उपचारको लागि धौलागिरी अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेपछि उहाँहरूको प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।
‘बिरामीको अवस्था असामान्य थियो’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले भने, ‘बेहोसी, मानसिक रुपमा अस्थिरता र मुटुको चाल पनि छिटो–छिटो भएको हुँदा पोखरा पठाएको हो ।’
बिरामीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार सुरु भएको बिरामीका दाजु गणेश कँडेलले जानकारी दिए । उनका अनुसार सबै चेत अवस्थामा आएका छन् । छिमेकीले वनबाट ल्याएर साग दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस