काठमाण्डौँ – छलफलमा सांसदहरूले होम आइसोलेसनको व्यवस्था भाडामा बस्ने व्यक्तिहरूका लागि प्रभावकारी नहुने बताएका छन् । यस्तै होम आइसोलेसनले थप असुरक्षा बढाउने उहाँहरूको भनाइ छ । छललफलमा सहभागी नेपाली काँंग्रेसका सांसद मानबहादुर विश्वकर्माले सरकारले सङ्क्रमितको सही सूचना नदिँदा ट्रेसिङमा समस्या भएको बताएका छन् ।
उनले काठमाडौँमा रहेका बाहिरी जिल्लाका व्यक्तिको ठेगानासमेत बाहिर नै देखाउँदा थप जोखिम बढेको बताउनुभयो । सही सूचना नदिँदा मान्छे सतर्क हुन नसकेको उनको भनाइ छ । सङ्क्रमित बसेको स्थानको सही सूचना दिन उनले सरकारलाई आग्रह गरेका छन् । सांसद नमिता चौधरीले सूचना प्रवाह गलत भएको बताइन् । चौधरीले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था प्रभावकारी नभएको समेत बताइन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले सूचना सम्प्रेषण प्रभावकारी बनाउन सुझाव दिएका छन् । अधिकारीले कोरोना सङ्क्रमित देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको बताएका छन् । पुरानो कानुनी व्यवस्थाका कारण पनि कतिपय कामकाजमा बाधा पुगेको भन्दै सङ्क्रामक रोगसम्बन्धी नयाँ कानुन तत्काल ल्याउन पनि उनले सुझाव दिए ।
सांसद जीवनराम श्रेष्ठले होम आइसोलेसनका लागि बस्तीअनुसार फरक मापदण्ड बनाउनुपर्ने सुझाव दिएका छन् । सङ्क्रमितलाई होम आइसोलेसनमा राख्दा थप ठूलो सङ्क्रमणको जोखिम रहेको बताउँदै उनले विगतमा क्वारेन्टाइन बसेकालाई परीक्षण नगरी पठाउँदा सङ्क्रमित ह्वात्तै बढेको भन्दै गल्ती नदोहोर्याउन सरकारलाई सुझाव दिएका छन् । सांसद सुरेन्द्र यादवले सीमामा भएको लापरबाहीका कारण पनि सङ्क्रमण समुदायमा फैलिएको बताउँदै सीमा निरीक्षणका लागि बसेका प्रहरीबाटै मानिस आवतजावत भइरहेको आरोप लगाएका छन् ।
सांसद हितबहादुर तामाङले नीतिगत निर्णय कार्यान्वयन नहुँदा समस्या थपिएको बताए । सांसद अन्जना विशङ्खेले सरकारलाई पटक–पटक दिएका सुझाव कार्यान्वयन नभएकोमा आपत्ति जनाइन् । सांसद सरिता न्यौपानेले होम आइसोलेसनको व्यवस्था प्रभावकारी नभएको बताइन् । सांसद विद्या भट्टराईले अग्रमोर्चामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुव्र्यवहारको भत्र्सना गरेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस