म्याग्दी – देशमा कोरोना सङ्क्रणसँगै डेंगुको सङक्रमण पनि बढ्न थालेका छ । यसै क्रममा म्याग्दीमा पछिल्लो पटक चार जनामा डेंकुको सङक्रमण फेला परेसँगै सङक्रमित संख्या ३८ पुगेको छ । यस्तै लमजुङमा ढेड महिना अवधिमा नाै जनामा डुेंगु संक्रमण देखिएको छ ।
चालु आर्थिक बर्ष २०७७ /०७८ को साउनदेखि हालसम्म ९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख अमर दवाडीका अनुसार डेंगु देखिएकोमा महिला ३ जना र पुरुष ६ जना रहेका छन् । छोटो समयमै जिल्लामा डेंगु संक्रमितको संख्या बढेको हो ।
पछिल्लो समय आइतबार र सोमबार एक/एक जनामा डेंगु देखिएको छ । आइतबार मस्र्याङदी गाउँपालिका ६ का ४० बर्षीया महिला डेंगु देखिएको छ । सोमबार बेंसीशहर नगरपालिका १० का ५० बर्षीय पुरुषमा डेंगु पुष्टि भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।
यस्तै म्याग्दीमा शरीरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरुको बेनी अस्पतालमा परीक्षण गर्दा डे्रंगु पोजिटिभ भेटिएको हो । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले दिएको जानकारी अनुसार म्याग्दीका अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ३३ वर्षिय महिला, रघुगंगा गाउँपालिका–२ भगवतिका ६० वर्षिय पुरुष र बेनी नगरपालिका –५ पुलाचौरकी २२ वर्षिय महिला रहेका छन् । सूचना अधिकारी सुवेदीका अनुसार भगवतीका ६० वर्षिय पुरुषलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ३ जनाको बेनी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भै रहेको छ ।
लमजुङमा चालु आर्थिक बर्षको सुरुवाती महिना साउनमै ३ जनामा डेंगुको संक्रमण देखिएको थियो । भदौमा ६ जनामा डेंगु देखिएको छ । गत बर्ष असार अन्तिममा क्व्होलासोंथर गाउँपालिका वडा नं. २ मालिङ घर भएर बेंसीसहर नगरपालिका वडा नं. ७ घलेगाउँचोक बस्ने २९ वर्षिया महिलामा डेंगु देखा परेको थियो । त्यसपछि संक्रमण बढ्दै गएको छ । एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरिरमा भएको भाइरस मानव शरिरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
लामखुट्टेको टोकाइबाट यो रोग एक मानिसबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने कार्यालयका प्रमुख दवाडीले बताए । सफा ठाउँमा सफा पानिमा लामखुट्टेले सन्तानको वृद्धि गर्ने र यसको बासस्थान शहरी क्षेत्रमा वढि हुने हुने बताएका छन् ।
७/७ दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुपर्ने हुन्छ । प्रत्येक घर घरघरबाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस