काठमाडौँ – रसुवा जिल्लाको आमाछोदीडँमो गाउँपालिका–३ निवासी गर्भवती मेघमाया तामाङको हवाई उद्धार गरिएको छ । सात महिनाकी गर्भवती तामाङ भीरबाट लडेर धेरै रक्तश्राव भई बेहोस भएकी थिइन् । त्यहाँ उपचार सम्भव नभएपछि ३५ वर्षीया तामाङको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार गरी शुक्रबार बिहान परोपकार तथा स्त्री रोग अस्पताल ल्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस कार्यक्रमअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ बनाएर गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार हुँदैआएको छ ।
सोही कार्यक्रमको माध्यमबाट नेपालका दुर्गम तथा पहाडी भेगका हालसम्म १२० जना गर्भवती र सुत्केरीको उद्धार भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख ढुङ्गानाले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस