पोखरा: पोखरामा कोरोना जाँच गर्ने मेसिन जडान भएको छ । कोरोना भाइरसको आरएनए छुट्याउन कोरोना परीक्षण भइरहेको प्रदेश क्षयरोग केन्द्रको प्रयोगशालामा ‘आरएनए अटो एक्सट्रयाक्टर मेसिन’ जडान भएसँगै परीक्षण रिपोर्ट अब एक दिनमै आउने भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिएकि छन् ।
चार घन्टाभन्दा बढी समय लाग्ने काम अब ३५ मिनेटमा गर्न सकिने मेसिन क्षयरोग केन्द्रमा स्थापना गरिएको उहाँले बताउनुभयो । पोखरामा कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पीसीआर मेसिन जडान गरिएको र दुवै ल्याबमा गरेर दैनिक तीन सय बढी स्वाब परीक्षण हुने निर्देशक सुवेदीले जानकारी दिइन् । कोरोना परीक्षणका लागि प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरि २८ प्राविधिक खटिएका छन् ।
चार घन्टासम्म लाग्ने काम अब ३५ मिनेटमा हुन्छ,’ उनले भनिन् , ‘यसअघि त तीन दिनमा मात्र रिपाेर्ट दिएका थियौँ । अब स्वाब रिपाेर्ट अर्को दिनमै दिन सकिन्छ। दुई वटा मेसिनमार्फत परीक्षण हुन थालेपछि अहिले ल्याबमा स्वाब पेन्डिङ नरहने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले गण्डकीमा मङ्गलबारसम्म २५ हजार ७०९ वटा स्वाब परीक्षण भइसकेको बताएकी छन् । तीमध्ये १५ सय ४३ जनामा कोरोना पोजिटिभ छ । सङ्क्रमितमध्ये एक हजार ३५० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म गण्डकी प्रदेशमा चार जना कोरोना भाइरस सङ्क्रमित मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस