वीरगञ्ज: पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव, उनका चालक, पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएका परिक्षण रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव , उनका चालक , पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भयो ।
संक्रमण पुष्टि भएका मध्ये एक पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य ( साँसद ) प्रदीप यादव , सांसद् यादवका निजि ड्राइभर र पीएसओ समेत रहेका छन् । साँसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आईसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।
संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको उहाँले जानकारी दिनुभयो ।
वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना र वडा नं. ८ का ११ जना रहेको बताईएको छ ।
यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भई सकेको छ भने पर्सा जिल्लामा संक्रमितको सख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ संक्रमितको मृत्यु भईसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बास्नेतले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा परिक्षणको दायरा बढाउदै लगिएकाले संक्रमित बढ्दै गएका हुन् । अझै एक परिवार एक पिसिआर परिक्षण (मास टेस्टिङ्ग) योजना अनुरुप संक्रलन गरिएका, संक्रमितको कन्ट्याक्ट टे«सिङ्गमा परेकाहरुबाट संकलन गरिएको करिब १४ सय स्बावको नमूना परिक्षण गर्न बाँकी नै रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
दैनिक मास टेस्टिङ्गका लागि महानगर क्षेत्रभित्र तीन देखि चार स्थानमा स्बाव संकलन केन्द्र खडा गरी स्बाव संकलन गर्ने कार्य भईरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस