गर्मी मौसम सुरु हुन थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । खेतका कान्ला कुन्ली, खोलाका बगर जताततै फलाउन सकिने यो फल अत्यन्तै लाभदायक छ ।
सामान्यतया तिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ ।
जानौ खर्बुजाका फाइदै फाइदा
१. दमबाट बचाउँछ –खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सीले दमको रोगी बन्न दिदैन ।
२. रक्तचाप नियन्त्रण –अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन ।
३. क्यान्सर –खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन र क्यान्सर बाट बचाउँछ । त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ ।
४. पाचन प्रणाली –खर्बुजामा प्रसस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ ।
५. हाइट्रेसन- शरीरमा पानीको मात्रा- खरबुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाईन्छ । गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ ।
६. छाला – छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ । त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाईने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
७. खर्बुजामा प्रसस्त मात्रामा पाईने कोलिन सुत्दा, मांसपेसी चलाउँने कामका लागि चाहिन्छ । त्यस्तै सिकाई तथा याद गर्ने प्रक्रियामा पनि चाहिन्छ । यी अलावा शरीर गलेको, दुखाई कमगर्न तथा चिल्लो पदार्थलाई सोस्ने पनि कोलिन चहिन्छ । जुन खर्बुजाको सेवनबाट पाइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस