पछिल्लो समयमा नेपालमा प्रख्यात फलफूलहरु मध्ये एक हो किवी । झुसिलो देखिने यो फलको सेवनबाट स्वाद त प्राप्त हुन्छ नै, स्वास्थ्यका दृष्टिकोणले पनि यो एकदमै फाइदाकारक फल हो ।
किविबाट एैँसेलु, भुइएैंसेलु, केरा, भुँईकटहरजस्ता फलफुलको स्वाद लिन सकिन्छ । यसको बाहिरी झुस न्युजील्यान्डको राष्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो ।
सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।
किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ । त्यसै गरि किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्याउछ ।
किवीले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ । यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।
किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ । त्यसै गरि यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ । तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन फाइदाकारक हुन सक्छ ।
किवीले अनिद्राको समस्या समाधाान गर्नमा पनि अहम भूमिका खेल्छ । यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भवती महिलाहरुको लागि निकै उपयोगी हुन्छ भने किवीले पाचन प्रक्रिायमा पनि महत्वपूर्ण भुभिका निर्वाह गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस