नून हामीले दैनिकरुपमा उपभोग गर्दै आएको वस्तु हो । नून विनाको खानाको हामी कल्पना पनि गर्न सक्दैनौ । खानालाई स्वादिलो बनाउन सबैभन्दा बढि भुमिका नूनको नै हुन्छ । आजको समयमा मानिसहरु नूनको प्रयोगको बारेमा निकै सजग देखिन्छन् ।
मुलतः नून दुई कुराहरुबाट बनेको हुन्छ । सोडियम र क्लोराइड । नूनमा ४० प्रतिशत अँश सोडियमको हुन्छ भने ६० प्रतिशत क्लोराइडबाट बनेको हुन्छ ।
नून समुद्र, नदि र चट्टाहरुबाट निकालिने गरिन्छ । हामीकहाँ आइपुग्ने नून प्रशोधित भई आयोडिन जस्ता तत्वहरु थप गरेर आइपुगेको हुन्छ ।
नूनको असन्तुलित र अत्यधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । नूनमा सोडियम र क्लोराइड दुई तत्वहरु हुन्छन् ।
केवल यसमा सोडियमले मात्र शरीरलाई हानि गर्ने गर्दछ । सोडियम शरीरमा नभई नहुने तत्व पनि हो । तर सोडियम शरीरमा बढि वा कम भयो भने समस्या हुने गर्दछ ।
शरीरमा सोडियम बढि भएको अवस्थामा धेरै तिर्खा लाग्दछ र सोडियम छान्नका लागि मृगौलालाई बढि भार पर्ने गर्दछ । यसले मृगौलामा हुने समस्यालाई जन्म दिन्छ ।
सोडियम कम भयो भने आलस्य हुने, जिऊ सुस्त हुने, माशु बाउडिने आदि जस्ता समस्याहरु देखिन्छन् । डाँक्टरहरुले धेरै नुनिला खाने कुराहरु नखान सल्लाह दिने गर्दछन् ।
हामीले दैनिकरुपमा खाने खानाहरु, माशु, दुध, र तरकारीहरुबाट पनि आवस्यक सोडियम प्राप्त गरिरहेका हुन्छौ ।
नूनको बढि सेवनबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ । नुनको अत्यधिक सेवनले मृगौलामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
यसले गर्दा मृगौला विग्रने भारी सम्भावना हुन्छ । त्यसैगरी नूनको अत्यधिक समस्याका कारण मुटु सम्बन्धी रोगहरु र व्लड प्र्रेसरको समस्या पनि देखिनसक्छ ।
उमेर बढि भएकाहरु, मुटुको समस्या भएकाहरु, व्लड प्रेसर भएकाहरु र मृगौलाको समस्या भएकाहरुले खानामा नून कम खानु फाइदाजनक हुन्छ ।
विश्व स्वास्थ्य सँगठनका अनुसार कममा १५०० मिलीग्राम र बढिमा २३,०० मिलीग्राम नुन दैनिकरुपमा लिनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।
एकदेखि दुई चम्चा नुन एक व्यक्तिका लागि दैनिकरुपमा आवस्यक पर्दछ । यो प्याटर्न केवल एक स्वस्थ्य व्यक्तिका लागि हो ।
उच्च रक्तचाप, मृगौलामा समस्या भएकाहरु र मुटु रोग भएकाहरुले १५०० मिलीग्रामभन्दा पनि कम नुन सेवन गर्नु लाभदायक हुन्छ ।
यदि तपाई ५० वर्षभन्दा कम उमेरको हुनुहुन्छ र तपाईको व्लड प्रेसर ठिक रहेको छ र स्वास्थ्य पनि ठिक छ भने तपाईले दैनिक एक चम्चादेखि दुई चम्चासम्म नुन सेवन गर्नु उपयुक्त हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस