मानिसले जन्मने वित्तिकै पहिलो पटक सेवन गर्ने खाद्य पदार्थ हो दूध । दूध मानिसको दैनिकीको एक अभिन्न अंग हो । बच्चा हुर्काउन होस या आफ्नो दैनिकी मिठो चियाको चुस्की सँगै सुरु गर्न होस, दूध आवश्यक पर्दछ । मिठा मिठा परिकार बनाएर खाने पारखीहरुको रोजाइमा पनि दूध पर्दछ ।
दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छन। यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हड्डी बलियो बनाउँछ। तर दूधसँग गलत खानेकुरा खानुभयो भने त्यसले विषको काम गर्छ। दूधसँग के के खानु हुदैन त ? जानौँ न त
१-सुन्तला, अंगुर र कागती
दूध पिउनेबित्तिकै केही मानिस सुन्तला वा कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूध फटाइदिन्छन्। यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ। अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ।
२-मासु
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ। पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ।
३-माछा
माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ । यसका अलावा दुबीको समस्या समेत आउन सक्ने विज्ञहरु बताउदछन् ।
४-नून
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिए पनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस