काठमाडौँ- त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ ।
अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ ।
निर्देशक प्रा डा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन अनुरोध गरेका छन् । अस्पतालले अत्यावश्यकबाहेक शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस