काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने,“ वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ ।”
सञ्चारकर्मीसँगको भेटमा आज उनले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका विज्ञसँगको समन्वयमा बैठक सञ्चालनको तयारी गरिएको र सबै सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको बताए । संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको उनको भनाइ थियो ।
कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ । त्यसैगरी संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो ।
सङ्घीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । बिहीबार सङ्कलित स्वाबको रिर्पाेट ढिलामा आज अपराह्न ३ बजेसम्म आइपुग्ने र त्यसका आधारमा प्रवेश गराएर मात्र बैठक सञ्चालन गर्ने तयारी गरिएको छ ।
सभामुख सापकोटाले आज अपराह्न ४ बजे संसद् बैठक प्रारम्भ हुने, यही वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको जानकारी दिएका छन् । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस