काठमाडौँ- म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।
एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताएका छन् ।
“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने ।
वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस