बीबीसी – कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भइरहेकोले दादुराको प्रकोप फैलिन सक्ने जोखिम देखिएको छ।
यूनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोप नपाउन सक्छन्।
एमएमआर खोप प्रयोग गर्ने दर कम रहेका युरोपका थुप्रै देशमा ठूलो स्तरमा प्रकोप फैलिएको छ। सम्भावित घातक सङ्क्रमणको घटनामा वृद्धि देखिएपछि यूकेले दादुरामुक्त देशको हैसियत गुमाइसकेको छ।
रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुई पटक दिएर जोगिन सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशत दोस्रो खेप लिए।
दादुरा उच्च सङ्क्रामक रोग भएकोले खोप प्रयोग गर्ने दरमा सामान्य कमी आउँदा पनि त्यसको प्रभाव पर्न सक्छ।
दादुराको सक्रिय सङ्क्रमण नदेखिएका देशहरुले आवश्यकताअनुसार खोप कार्यक्रमलाई तत्कालका लागि रोक्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
ठूलो स्तरमा दादुरा सङ्क्रमणको सामना गरिरहेका देशसहित २४ वटा मुलुकले कोरोनाभाइरस महामारीको कारण देखाउँदै खोप कार्यक्रम रोक्न निर्णय गरिसकेका छन्।
त्यस्ता देशमा बाङ्ग्लादेश, ब्रजिल, बोलिभिया, कम्बोडिया, चाड, चिले, कोलम्बिया, जिबुटी, द डोमिनिकन रिपब्लिक, डीआर कङ्गो, इथियोपिया, होन्डुरस, कजाकस्तान, किर्गिजस्तान, लेबनन, माल्दिभ्स, मेक्सिको, नेपाल, नाइजिरिया, पाराग्वे, सोमालिया, दक्षिणी सुडान, युक्रेन र उज्बेकिस्तान छन्।
तर यूनिसेफका अनुसार अरू देशले अवरोधको सामना गर्नुपर्ने हुन सक्छ। यूकेले बालबालिकाहरूलाई नियमित खोप कार्यक्रम अन्तर्गत एमएमआर खोप लगाउन भनिरहेको पब्लिक हेल्थ इङ्ग्ल्यान्डस्थित खोप कार्यक्रमका प्रमुख डा. मेरी र्याम्सेले बताएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस