काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गरेका छन् । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उहाँले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गरेका हुन् । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।
उनले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उनका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि गरिएको उनले स्पष्ट परेका छन् । “हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई सङ्क्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु”,उनले सन्देशमा भनेका छन् ।
यसैगरी मन्त्री ढकालले सार्वजनिक गर्नुभएको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराए । उनले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताएका छन् ।
तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा सङ्क्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती सङ्क्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो सङ्क्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका सङ्क्रमितको टे«सिङ कार्य भइरहेको जानकारी दिएका छन् ।
यसैगरी मन्त्रीले सार्वजनिक गर्नुभएको चौथो रणनीति ट्र्याकिङ हो । यसमा सम्भावित सङ्क्रमित र सङ्क्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ कार्य हो । उनका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्र्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् ।
यसैगरी मन्त्री ढकालले पाँचाँै रणनीतिमा ट्रिटमेन्टलाई लिएका छन् । यसअनुसार सङ्क्रमित १४ जनाको उपचार भइरहेको छ । उनले सम्भावित सङ्क्रमणको सङ्ख्या आङ्कलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिएका छन् । कोरोना सङ्क्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना सङ्क्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताएका छन् । “कोरोना सङ्क्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेका छाँै”, उनले सन्देशमा भनेका छन् ।
यसैगरी मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिएका छन् । कोरोना सङ्क्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिङ्गो देश नै लागिपरेको उनले बताए । उनका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उनले कोभिड–१९ को थप सङ्क्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताएका छन् । सङ्क्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिएका छन् ।
सन्देशमा उहाँले सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नलाई आफूले नजीकबाट नियालिरहेको भन्दै देशमा आफूसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेको बताएका छन् । यस चुनौतीको सामना हामी सबै एकजुट भई काम गरेरमात्र सम्भव छ रहेको उल्लेख गर्दै भने, “देशलाई महामारीबाट बचाऊँ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।”
उनले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहनुभएका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताएका छन् । उनले उपचारका क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामग्री यथेष्ट मात्रामा पु¥याउन लागिपरेको उल्लेख गरेका छन् ।
नागरिकले आफ्नो पूरै जीवनकालमा देशलाई गर्ने योगदान भनेको अहिले घरभित्र क्वारेन्टाइनमा रहेर सहयोग गर्नु भएकाले यसलाई पालना गर्न आग्रह गरेका छन् । “तपाईं हाम्रो यो सहयोगले सिङ्गो देशलाई कोरोना सङ्क्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाका लागि योगदान गर्ने अवस्था हो”, उनले भनेका छन्, “यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अवलम्बन गरेको लकडाउन र अन्य व्यवस्थालाई आत्मसात् गरी तपाईंहरुले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दछु ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस