मान्छे संसारको सबै भन्दा चेतनशील प्राणी हो । उसले आफ्नो चेतना शक्तिको प्रयोग गरेर विश्व ब्रह्माण्डमा विजय प्राप्त गर्ने क्रमलाई जारी नै राखेको छ । मानीसले आफ्नो चेतना शक्तिको प्रयोग गर्न उसले आफूले सिकेका कुराहरुको पुनराबृत्ति गर्नुपर्ने हुन्छ ।
मानिसका मस्तिस्कमा रहेका अनगिन्ति विचार तथा भावनाहरुलाई उसले आफ्नो स्मरण क्षमताको प्रयोग गरेर बाहिर ल्याउने गदएछ ।bतर मानिसले गर्ने साना साना गल्तिका कारण उसको स्मरण शक्तिमा दिनका दिन क्षयीकरण भइरहेको हुन्छ । यदि ती विषयहरुलाई सामान्य ठानेर छोडेमा उसमा अल्जाइमर लगायतका विभिन्न रोगहरु लाग्दछन । जानौ मानिसका साना गल्ति जसले उसको स्मरण शक्ति नाश गर्दछन् ।
१- व्यायमको कमी
व्यायामले शरीर तथा मस्तिष्कमा रक्तसंचार राम्रो गराउँछ । व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ । नकारात्मक सोचाइः नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।
२- धुम्रपानको प्रयोग
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्तसंचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।
३- राम्राेसँग नसुत्नु
करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मनलाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ ।
४-कफिको अधिकतम प्रयोग
धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।
५-बढी टेलिभिजन हेर्दा
दिनको २/ ३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मानिन्छ । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।
६-बढी भिडियो गेम खेल्नाले
आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।
७-पानी कम पिउनाले
हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस