नरिवल तपाई हाम्रा लागि नौलो फल हैन । खानाका स्वादिस्ट परिकार होस् या सौन्दर्यका साधन नै किन नहोस् । शिवालयहरुमा भगवान शीवलाई जल चढाउनदेखि घरमा प्रयोग हुने म्याट्रेस बनाउन नै किन नहोस् नरिवलको प्रयोग व्यापक छ । बाहीरी सरसफाई गर्न झाडु बनाउन देखी शरिर भित्र सरसफाई गर्ने औसधि बनाउन समेत नरिवलकै प्रयोग गरिन्छ ।
हामीले नरिवलको प्रयोग बृहत रुपमा गरेता पनि त्यसको पानीलाई खासै वास्ता गरिरहेका छैनौँ । तर नरिवलको पानीका तल दिएका गुणहरुको बारेमा जानकारी पाए पश्चात तपाइले नरिवलको पानी कहिल्यै खेर फाल्नुहुने छैन ।
छालाको हेरचाहमा आफूले खाने खानेकुराको असरको बारेमा त्यति गहन रुपमा लिइएको हुदैँन । फलफूल र त्यसको जुसले छालालाई निकै राम्रो गर्ने कुरालाई हामी सबैले बुुझ्नुपर्ने हुन्छ । सुन्तलाको जुसलाई छालाको लागि सर्वोत्तम मानिए पनि नरिवलको पानीले छालालाई पुर्याउने असरको बारेमा धेरैलाई थाहा नहोला ।
नरिवलको पानी, जसलाई पानीपछिको शुद्ध मानिएको छ, ले छालालाई हाइड्रेट, नरम र जवान देखाउने काम गर्दछ ।
नरिवलको पानीमा भएको एन्टिअक्सिडेन्ट र साइटोकिनिन्सले छालालाई चाउरी पर्नबाट जोगाउँछ । यसमा पाइने पौष्टिकताको पनि निकै कदर गरिएको छ । यदि तपाईं कमजोर महसुस गर्दै हुनुहुन्छ र पेटमा समस्या छ भने नरिवलको पानी पिउनुहोस्, यसले शक्ति प्रदान गर्दछ ।
नरिवलको पानी चिल्लो र गुलियो पदार्थ दुुबै नहुने भएका कारण यसलाई दिनको एक ग्लास पिउन सक्नुहुन्छ । तर अहिलेसम्म नरिवलको पानीले छालालाई पार्ने सकारात्मक असरको बारेमा केहि खोजी भएको छैन । यद्यपी, दैनिक रुपमा नरिवलको पानी पिउने गर्नुहोस् र हेर्नुहोस् कसरी तपाईंको छाला नरम र चम्किलो हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस