काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका हुन् । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै उनले अभावकाबीच किन्दा मुल्य केही बढी हुन सक्ने बताए ।
सामान खरिदका लागि टेण्डर आव्हान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि सुरु भईसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको रा छलफलमा ५ ÷६ जनाले मात्रै छ भने पनि २ वटाको मात्रै प्रस्ताव परेपछि नेगोसियसनका आधारमा सरकारले सामान किनेको उनले स्पष्ट परे ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारवाही गर्ने बताए । विभिन्न ठाउँमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उहाँले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गरेका छन् ।
आकस्मिक सेवा लिन आएका विरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दे उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दुतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई तत्काल वितरण गरिने पनि उनले बताए ।
यसैबीच, मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमुल्यांकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उनले जानकारी दिए । मन्त्रालयले संचार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«ेसिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस