अंगुर प्राय फलफूल पसलहरुमा सहजै पाइने फलफरुलहरु मध्ये एक हो । अंगुर विविध पौष्टिकतत्वहरुले भरिपूर्ण हुन्छ ।
यदि हामीले १०० ग्राम अंगुर मा पाइने पौष्टिक तव्वलाई मात्र हिसाव गर्ने हो भने पनि यसमा २८८ के जे इनर्जी, कार्वोहाइड्रेट १९.१ ग्राम, सुगर १५. ४८ ग्राम, डाइटरी फाइवर ०.९ ग्राम, फ्याट ०.१६ ग्राम, प्रोटीन ०.७२ ग्राम पाइन्छ ।
त्यसै गरि अंगुर विविध भिटामिनहरुले पनि भरपुर हुन्छ । यसमा बी १ ०.०६९ एम जी, बी २ ०.०७ एम जी, बी ३ ०.१८८ एम जी, बी ५ ०.०५ एम जी, बी ६ ०.०८६ एम जी, बी ९ २ एम जी, पाइन्छ ।
त्यस्तै अंगुरमा कोलिन ५.६ एम जी, भिटामिन सी ३.२ एम जी, भिटामीन इ ०.१९ एम जी, भिटामिन के १४.६ एम जी, म्याग्नीज ०.०७१ एम जी, फसफोरस २० एम जी, पोटासियम १९१ एम जी, सोडियम २ एम जी, जिङ्क ०.०७ एम जी तथा फ्लुराइड ७.८ एम जी पाइन्छ ।
अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ ।
यसका ८ फाइदा
१- दममा- यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।
२-मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।
३-माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।
४-कब्जियतमा- यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।
५- अपचमा- यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।
६- थकानमा- सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।
७ -मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।
७ -स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।
८ -अल्जाइमर रोगमा- अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।
यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस