काठमाडौं-कोरोना भाइरसले विश्व आतंकित भइरहेका बेला चीनमै फेरि अर्काे नयाँ खालको भाइरस देखापरेको छ। चिनियाँ सञ्चारमाध्यममा अनुसार ‘हान्ता’ नाम गरेको नयाँ भाइरसले एक जनाको मृत्यु भएको हो।
युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो। त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो।
सोही आधारमा उनको मृत्यु पनि सोही भाइरसका कारण भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ।
मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने सीडीसीले जानकारी दिएको छ। मुसाको पिसाब, र्याल वा राम्ररी नपचेका खाद्य पदार्थको बाँकी अशंबाट मानिसमा सर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
यसको प्रारम्भिक लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन्। समयमै उपचार नभए खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ र ज्यान पनि जान सक्ने चिकित्सकले बताएका छन् ।
मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने पहिलो उपाय भएको सीडीसीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस