सिन्धुली– यहाँको कमलामाई नगरपालिकाले मासु आयातमा रोक लगाएको छ । मासुबाट पनि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै तत्काललाई मासु आयातमा रोक लगाएको हो ।
जिल्ला भित्रिने सबै नाकामा प्रहरीसँग समन्वय गरेको र नियमको उल्लङ्घन गरी कमलामाई नगरपालिकाभित्र मासु ल्याई बिक्री गरेको पाइएमा कारवाही गरिने प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिएका छन् । उनले जिल्लामा उत्पादन भएका मासुजन्य वस्तुहरुको कारोवार गर्न आग्रह गर्दै बाहिरबाट आयात गरी ल्याएका मासु उपभोग नगर्न नगरवासीमा आग्रह गरेका हुन् ।
अन्य जिल्लाबाट कमलामाईमा पर्ने बिपी राजमार्ग हुँदै काठमाडाँै तथा छिमेकी पालिकामा लैजान सक्ने तर कमलामाई नगरपालिकामा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ । साथै मासुलाई राम्रोसँग पकाएर खान उनको आग्रह रहेको छ ।
यस्तै कमलामाई नगरपालिकाले चैत्र मसान्तसम्म हाट बजार नलगाउन, सभा सम्मेलन नगर्न, २५ जनाभन्दा बढी मानिस एकै स्थानमा सहभागी भई नबस्न आग्रह गर्दै सप्ताहलगायतका गतिविधि सञ्चालन गर्न नदिने निर्णय भएको हुँदा उक्त निर्णयको पालना गर्न उनले आग्रह गरे ।
कमलामाई नगरपालिकाले बजारमा हुन सक्ने कालोबजारी तथा अखाद्य वस्तुको बिक्री वितरण रोक्न अनुगमन निरन्तर गर्ने जनाएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण तथा नगरपालिकाले बन्देज गरेका खाद्य वस्तु बिक्री गरेको पाइएमा पनि कारवाही गर्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस