एजेन्सी कोरोना भाईरसको संक्रमणको केन्द्रबीन्दु चीनमा पछिल्लो २४ घण्टामा कोही संक्रमित पनि थपिएका छैनन् । यस्तै मृत्यु हुनेको संख्या पनि नथपिएका आधिकारीक तथ्यांकले देखाएको छ । चीनमा यो संक्रमणका कारण ३ हजार दुई सय ३७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर मृत्यु हुनेको संख्या ९ हजार पुगिसकेको छ ।
चीन कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै गर्दा इटलीको अवस्था भने भयावह बन्दै गएको छ । ईटलीमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै ईटलीमा मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ जना पुगेको छ । यहि रफ्तारमा मृत्यु हुनेको संख्या बढ्दै जानो हो भने अबको १ देखि २ दिनमा चीनको भन्दा बढि हुने देखिन्छ ।
विश्वभरको तथ्यांक हेर्दा अहिलेसम्म २ लाख १८ हजार ९ सय ९७ जनामा संक्रमण देखिएको छ । ८४ हजार ७ सय ९५ जना निको भएर घर फर्किएका छन् । ईटलीपछि यो संक्रमणबाट ईरानमा ११ सय ३५ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो समय युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा यसको प्रकोप बढ्दै गएको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस गेब्रोयसियसले महामारी नियन्त्रणका लागि सबैले रोग परीक्षणको संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
युरोपका विभिन्न देशहरुमा संक्रमितहरुको संख्या बढ्दै गएको छ । जसका कारण ६५ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यसैबीच संक्रमण फैलिएपछि युरोपका देशहरुले सीमा बन्द गरेका छन् भने अत्यावश्यकबाहेक घर बाहिन नजान आफ्ना नागरिकलाई आग्रह गरेका छन् । एजेन्सी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस