भक्तपुर-चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ जना नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्किने भएका छन्।
क्वारेन्टान बसाईको १४ औ दिनमा गरेको नाक र घाँटीको स्वासको परीक्षणमा कसैमा पनि कोरोना संक्रमित भएको नपाईएपछि आज साँझसम्म सबैलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहितको सरकारी टोली क्वारेन्टाइन पुगेर उनीहरुको विदाई गर्ने भएको छ। विदाई कार्यक्रममा क्वारेन्टाइनमा रहेका कतिपयका आफन्त र परिवारहरु पनि आउने भएका छन्।
चीनको त्रास छिचोलेर सरकारले उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा राखेका १७५ जना नेपालीको १६ दिनको क्वारेन्टाइन बसाई भने खेल्दै नाच्दै, गाउँदै रमाईलोसंग बितेको छ।
सुरुमा अब के होला भन्ने त्रास रहेपनि फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यबस्था देख्दा निकै खुसी लागेको बताउदै क्वारेन्टाइनका एक विद्यार्थीले यहाँ आएपछि अब दोश्रो जुनि पाएको अनुभवन भएको बताए।
क्वारेन्टाइनमा टेलिफोनमा कुराकानी गर्दै ढकालले कतै यहाँ पनि चीनमा जस्तै कोठाभित्र कोचिएर बस्नु पर्ने हो कि, क्वारेन्टाइनका दुई हप्ताको बसाई कति कठिन होला, परिवारसंग कहिले भेट्न पाईएला भन्ने मनमा लाग्ने गरेको चिन्ता सरकारले यहाँ गरेको व्यबस्थाले सबै दुःख र त्रास विर्साएको बताए। यहाँ आएपछि खाने, बस्ने राम्रो व्यबस्था गरेको, आवश्यक सबै सामानहरु भन्ने बित्तिकै ल्याईदिने गरेको, स्वास्थ जाँचको राम्रो व्यबस्था गरेको, परिवारसंग फोन मै पनि कुराकानी गर्न पाएपछि क्वारेन्टाइनमा चिन्तामुक्त भएर बस्न पाएको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस