टोकियो- कोरोना भाईरसले चीनमात्र हैन संसारका अन्य मुलुकहरुलाई समेत आक्रान्त बनाईरहेको छ । जापानमा डाइमण्ड क्रुज सिपबाट उद्दार गरिएका ४ सय ५४ जना सँगै ५ सय २० जनालाई उक्त भाइरस संक्रमण भएको छ |
यस लगत्तै जापानले सो रोगसँग लड्न कडा कदम चालिरहेको छ । उक्त रोग विरुद्धको औषधि कहिले विकास हुने कुनै निश्चितता नभएको र विकल्प खोज्नु बाहेक अन्य विकल्प नरहेको बताउदै जापान सरकारका एक अधिकारी योशिहिदि सुगाले सो जानकारी दिएका हुन् ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार सरकार चाँडो भन्दा चाँडो औषघिको प्रकृया पुरा गरेर एचआईभी विरुद्धको औषधि कोरोना संक्रमितहरुलाई दिने योजनामा छ ।
उनका अनुसार हाल डाईमण्ड क्रुज सिपलाई क्वारेन्टाईनमा राखिएको छ र जापानमा हालसम्म कोरोना भाईरसबाट एक जनाको मृत्यु भईसकेको छ ।
जापान बाहेक चीन, थाईल्याण्ड लगायतका देशहरुमा उक्त रोगका संक्रमितहरुलाई एचआईभि बिरुद्धको औषधि दिईने गरेको छ जुन उपयोगि समेत सावित हुँदै गएको छ ।
यता ओलम्पिकको तयारिमा रहेको जापानलाई सो रोग सँग बेलैमा नलडे ठूलो आर्थिक भार थपिने निश्चित छ । हिजो आज नै जापानको टोक्यो लगायतका शहरहरुमा चहलपहल घट्न थालेको छ ।
यता जापानले क्वारेन्टाईनमा राखेको डाईमण्ड क्रुज सिपलाई खाली गराएर विशेष सरसफाई गर्न सुरु गरेको छ ।
अमेरिका, क्यानडा लगायतका देशहरुले उक्त जाहाजमा रहेका आफ्ना देशका यात्रुहरु लैजान विमान समेत परिचालन गरिसकेका छन् र आफ्नो देशका नागरिकहरुलाई स्वदेश समेत फर्काईसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस