हामीले खाने खान्कीले हाम्रो शारिरिक तथा मानसिक बिकासमा ठूलो भुमिका खेलेको हुन्छ । कुन समयमा कस्तो खान्की खान्छौँ, त्यही अनुरुप हाम्रो शरिरका अंगहरु विकास हुन्छन् । हाम्रो कपालको बृद्धी विकास पनि हामीले खाने खाना अनुरुप नै हुने गर्दछ । अतः हामीले सहि खानेकुरा नियमित खान सक्यौँ भने मुलायम र लामो कपाल बनाउन सक्छौँ । त्यसका लागि तपाईले तल उल्लेखित ५ खानेकुराको नियमित प्रयोग गर्नु पर्दछ ।
१. अण्डा
अण्डामा पाईने बायोटीन तथा भिटामिन डी तत्वले कपाललाई मुलायम बनाउन सहयोग गर्दछ । यसले कपालमा मात्र नभई अनुहार फुट्ने समस्याबाट पनि छुटकारा दिलाउछ । यसमा भएको बायोटिनले कपाल बढ्न सहयोग गर्दछ । अण्डाका अलावा बायोटीन युक्त खानेकुरा जस्तैः माछा मासु, बदाम तथा ब्रोकाउली आदीको पनि प्रयोग गर्न सकिन्छ ।
२. ब्राजिलियन बदाम
ब्राजिलियन बदाम सेलेनियम भन्ने तत्वले भरिपुर्ण हुन्छ । यो तत्व कपाल उमार्नका लागि अत्यन्तै लाभदायक हुन्छ । यदि यसको ठीक मात्रामा सहि प्रयोग गरिएमा कपाल लामो बनाउन सहयोग गर्दछ ।
३. मोटा माछा
हाम्रो शरिरलाई स्वस्थ किसिमको चिल्लो पदार्थको आवश्यकता हुन्छ । ओमेगा-३ फ्याटी एसिड हाम्रो शरिरलाई आवश्यक हुन्छ जसले मुटु, छाला तथा कपालको उचित स्याहार गर्न सघाउछ । सालमोन, म्याकरेल, टुना, हेरिन र सार्डिन्स प्रजातिका माछाहरुको प्रयोगले कपाल, छाला तथा मुटुलाई स्वास्थ्य राख्न महत्वपुर्ण भुमिका खेल्छ ।
४. भिटामिन डी युक्त खानेकुरा
भिटामिन डी युक्त खानेकुराहरु जस्तै ओरेञ्ज जुस, माछा, दहि, चीज च्याउ सोया जुस तथा कलेजोको नियमित प्रयोगले कपाल तथा छालाको स्याहारमा महत्वपुर्ण मद्दत गर्दछ । यसले कपाल बढाउन पनि धेरै मद्दत गर्दछ ।
५. एल-लिसाईन
हाम्रो कपालको जरामा एल- लिसाईन नामक तत्व रहेको हुन्छ । यसले कपाल बढाउन मद्दत गर्दछ । यसमा पाईने एमियो एसिड तथा प्रोटिनले कपाल बढ्न मद्दत गर्दछ । मासु, अण्डा, विन्स तथा डेरि प्रडक्टमा यो तत्व पाइन्छ ।
यी खाध्यान्न बाहेक अन्य कुराहरुले पनि कपालको बृद्धी बिकासमा असर गर्दछन् जस्तै: सुख्खापना, चाँया, हाँगा पलाउने समस्या आदि । यदि यि सबैको समुचित व्यवस्थापन गर्न सके तपाईको कपाल लामो अनि मुलायम हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस