काठमाण्डौ-कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने बताईन ।
भ्याक्सिन बनाउन सकिने तर यसका लागि केही समय लाग्न सक्ने भन्दै उनले यो एकै रातको काम नभएको बताईन ।
चीनमा ४२ हजारभन्दा बढीमा देखिएको यो भाइरसको सङ्क्रमण २५ भन्दा बढी देशमा पनि देखिइसकेको छ ।
तर भाइरसका सङ्क्रमितको सङ्ख्या घट्न थालेका छन् ।
सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकामा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका चिनियाँ अधिकारीले बताएका छन् ।
गएको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसका कारण चीनमा ११ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । ४४ हजार ६ सय जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस