फ्रीज तपाई हाम्रो घरमा जताततै पाइने बिध्युतीय सामाग्री हो । यसमा विविध खाद्य पदार्थहरु भण्डारण गर्न सकिन्छ । यसले हाम्रो खानेकुरालाई लामो समयसम्म ताजा बनाएर राख्छ । तर फ्रीजमा राख्ने वित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने हुन्न । कतियप खाद्यान्नहरु फ्रीजमा राख्दा बिग्रिने मात्र हैन स्वास्थ्यलाई हानी गर्ने सम्म गर्दछन् ।
आउनुहोस्, फ्रीजमा राख्दा विग्रिने १५ खाद्यान्नहरुबारे जानकारी लिऔं
१-आलु
आलुलाई अत्याधिक चिसो स्थानमा भण्डारण गर्दा स्टार्च सुगरमा बदलिन्छ । अतः आलुलाई प्राकृतिक तापक्रममा र सके सम्म चिसो र अध्यारो खालको कोठामा भण्डारण गर्नुपर्दछ ।
२-प्याज
प्याज प्राकृतिक वातावरणमा भन्दा फ्रीजमा चाँडो विग्रन्छ । यदि फ्रीजमा भण्डारण गरिएमा प्याज भित्रभित्रै कुहिने हुन्छ । त्यसैले प्याजलाई खुल्ला तथा अध्यारो ठाउँमा भण्डारण गर्नु उपयुक्त हुन्छ ।
३-लसुन
लसुनलाई फ्रिजमा भण्डारण गरेमा त्यसमा भएको वास्ना उडेर जान्छ । त्यसैले यसलाई फ्रीजमा राख्नुको सट्टा खुल्ला तथा अध्यारो ठाउँमा भण्डारण गर्नु उपयुक्त हुन्छ ।
४-टमाटर
टमाटरलाई फ्रिजमा राख्नाले यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ ।
५-मह
यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
६-रोटी
धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।
७-ओखर तथा बदाम
ओखर तथा बदामलाई फ्रीजमा भण्डारण गर्दा त्यसमा भएको तेलीलो पदार्थ त सुरक्षित रहन्छ तर तपाइले बदाम तथा ओखर खाँदा जुन स्वाद पाउनुहुन्छ, त्यो पाउनुहुन्न । अतः त्यस्ता खाद्यान्नलाई हावा नछिर्ने भाडोमा बन्द गरेर राख्नु पर्दछ ।
८-कफी
कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
९-हट सस
हट ससमा पर्याप्त मात्रामा भिनेगर हुने भएका ले यो हतपत विग्रिदैन । बरु यसमा भएको मसलेदार स्वाद उडेर जान्छ । अतः यसलाई बाहिरै भण्डारण गर्दा राम्रो हुन्छ ।
१०-स्याउ
स्याउमा पाइने इंजाइम्स सक्रिय भई चाडै पाक्ने तथा बिग्रने हुन्छ । यदि राख्नैपर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।
११-एभोकाडो
धेरै पाकेको एभोकाडो कालो हुदै जान्छ र नपाकेको खाँदा काँचो आलु खाए जस्तै हुन्छ । अतः यदि ठिक्क पाकेको छ भने फ्रीजमा राख्नुस नत्र बाहिरै भण्डारण गर्नुहोस् ।
१२-अण्डा
अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।
१३-काँचो तरकारी वा फलफूल
काँचो तरकारी वा फलफूलका लागि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस