मानिसको ब्यक्तित्व उसले गर्ने प्रस्तुतिमा निर्भर रहन्छ । उसले गर्ने प्रस्तुति आर्जन गरेको ज्ञानमा निहित रहन्छ र ज्ञानको प्रस्तुति उसको स्मरण शक्तिमा निर्भर रहन्छ । अत: तपाई आफुलाई एक सवल एबम् सक्षम ब्यक्तित्वको रुपमा आफुलाई स्थापित गराउन चाहानुहुन्छ भने यी ८ कुरालाई नियमित प्रयोगमा ल्याउनुहोस् ।
१. धेरै गन्धहरु सुघ्ने
वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विकास गर्दछ। भन्नाले जति धेरै नयाँ सुगन्ध सुँघ्यो, त्यति धेरै मस्तिष्कले त्यो गन्धलाई सम्झिन खोज्दछ, जसले गर्दा तपाईँको स्मरण शक्तिमा विस्तारै सुधार हुँदै जान्छ। अतः दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तै; कफी पाउडर, गुलाफको फूल।
२. प्राकृतिक आहारमा बल गर्ने
प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू (बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।) खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ। माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ।
३. दिमागको नियमित अभ्यास
विशेष गरी विहान उठेपछि आफ्नो दिमागलाई कुनै जटिल काम गर्न दिनुहोस्। सुडोकु, लुडो जस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झन सक्ने शक्तिलाई जागरुक गर्दछ। बाघचाल, चेस, स्क्र्यामबल जस्ता दिमाग चलाउन पर्ने खेलहरूले पनि तपाईँको दिमागको राम्रो अभ्यास गराउँदछ। सँधै एउटै किसिमले काम नगर्नुहोस्। कार्यालय जाँदा सँधै जाने बाटोभन्दा भिन्न बाटोबाट जान सक्नुहुन्छ। अथवा सँधै दाहिने हातले दाँत माझ्नुहुन्थ्यो भने, देब्रे हातले दाँत माझ्ने अभ्यास गर्नुहोस्। भन्नाले, भिन्दाभिन्दै अनुभव लिने कोशिस गर्नुहोस्।
४. पर्याप्त निन्द्रा
शरीर निदाउँछ तर दिमाग निदाउँदैन। राति शरीर निदाएको बेला दिमागले तपाईँको शरीरको हेरचाह गरिरहेको हुन्छ। तपाईँको शरीर जति स्वस्थ भयो, दिमागलाई पनि त्यति नै राहत हुन्छ। त्यसैले पर्याप्त सुत्नुहोस्, निन्द्रालाई मिचेर कुनै पनि काम नगर्नुहोस्। बरु राती गर्नुपर्ने कामलाई दिउँसै गर्न सकिन्छ।
५. घटना तथा कल्पनाहरुमा रमाउने
तपाईँको विगतका कुरा र घटनाहरूलाई सम्झिने प्रयत्न गर्नुहोस् र त्यसलाई फेरि दोहोर्याउने कोशिस गर्नुहोस्। वैज्ञानिकहरू भन्छन् दिनदिनै विगतका भुलिसकेका घटनालाई सम्झिने प्रयास गर्दा, कुनै न कुनै एक दिन पक्कै पनि सम्झिन सकिन्छ। यो सबै तपाईँको इच्छाशक्तिमा भर पर्दछ। यसरी पहिलेका कुराहरू सम्झिने अभ्यास गर्नुभयो भने, दिमाग बुढो हुने क्रम पनि ढिलो हुने वैज्ञानिकहरू विश्वास गर्छन्।
६. यौन कृयाकलापमा सकृय रहने
यौन क्रियाकलापमा संलग्न हुँदा हाम्रो शरीरमा ‘अक्सिटोसिन’ नामक हर्मोन पैदा हुन्छ, जसले हाम्रो शरीरमा ‘पेन किलर’को काम गर्दछ। यसले थकाइ, तनाव र दिमागको बोझलाई हलुका बनाउन मद्दत गर्दछ। अनि तपाईँको दिमाग जति हलुका भयो, स्मरण शक्ति पनि त्यति नै वृद्धि हुँदै जान्छ।
यौन सम्पर्क भनेको प्रकृतिले प्राणीहरूलाई दिएको अमूल्य देन हो भन्न सकिन्छ। केवल विकासक्रमलाई जारी राख्नको लागि मात्रै होइन, हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न पनि यौन सम्पर्कको अत्यावश्यक पर्दछ।
७. नियमित ध्यान गर्ने
नियमित ध्यान गर्नाले मानिसको दिमाग स्थिर रहने र उसको दिमागले सहि मार्गमा काम गर्ने एक अध्ययनले देखाएको छ । नियमित ध्यान गर्दा अनावश्यक सोच फिल्टर भई आवश्यक सकारात्मक सोच मानिसमा बिकास हुन्छ र यसले मानिसलाई सोच्ने क्षमता बृद्दि गराउन पनि मद्दत गर्दछ ।
८. आफ्नो ज्ञान अरुलाई पनि सेयर गर्ने
भनिन्छ ज्ञान बाडेर बढ्छ । आफुले जानेका कुरा अरुलाई सुनाउने गर्दा आफ्नो बिषयगत क्षेत्रमा पोख्तता त बढ्छ नै, आफुले लिएको ज्ञानको पुनर्ताजकी गर्न पनि मद्दत गर्छ । अत: जानेको कुरा सेयर गर्नुस्, तपाईको स्मरण क्षमता स्वत: बढेर जान्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस