काठमाडौं-कोरोना भाइरस एक प्रकारको फ्लु हो । यो एक प्रकारको प्याथोजेन हो जसले स्वासप्रस्वास प्रकृयालाई असर पुर्याउछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ७ प्रकारका कोरोना भाइरसहरु पाइएका छन् । साधारण रुघा खोकिदेखि स्वासप्रस्वास समस्या जस्ता विविध रुपमा आउने यो सरुवा रोग चमेराबाट सर्ने सार्स कोरोनासँग ८९ प्रतिशत मिल्दो जुल्दो रहेको सरुवा रोग तथा माहामारी नियन्त्रण केन्द्रले जनाएको छ ।
कोरोना भाइरसकाे सङ्क्रमणका लक्षणहरु साधारण रुघाखोकीकाे जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने मांशपेशी दुख्ने तथा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुमा निमोनिया तथा स्वासप्रस्वास समस्या समेत देखिने हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो लक्षण देखिने मध्ये करिव २० प्रतिशत मात्र सिकिस्त बिरामी हुने गर्दछन् ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रका अनुसार यो रोग हावाबाट सर्ने नभई सङ्क्रमित मान्छेले खोक्दा या हाच्छ्यु गर्दा निस्कने र्याल, खकार तथा थुकबाट सर्दछ ।
चिनिया स्वास्थ्य विज्ञहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यहि रोगका कारण मर्ने मानिसको संख्या २ देखि ३ प्रतिशत छ । तर समयमा उपचार नपुग्दा भने फोक्सोमा असर गरि ज्यानै समेत लिने उनीहरुले बताएका छन् ।
कोरोनाले विश्वका २० भन्दा बढी देशहरुमा असर गरेता पनि साबुन पानीले नियमित हात धुने, आफ्ना साधनहरुको प्रयोगमा सावधानि अपनाउने, अनुहारमा मास्कको नियमित प्रयोग गर्ने, खोक्दा वा हाच्छ्यु गर्दा रुमालको प्रयोग गर्ने गरेमा कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।
यदि शंका लागेमा नजिकको स्वास्थ्य केन्द्रमा गएर चिकित्सकलाई जानकारी गराउने, भिडभाड युक्त क्षेत्रमा नजाने, मानिसहरु सँगको सामिप्यतालाई कम गर्ने र स्वास्थ्य जाँच नियमित रुपमा गराउने गर्नुपर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस