काठमाण्डौ-स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ। सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (एसपिएस) नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले नेपाल भारत सीमा क्षेत्रमा स्वच्छता सम्बन्धी कानून कार्यान्वयनमा जोड दिन माग गरेका छन्।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले स्वच्छता तथा वनस्पतिजन्य स्वच्छता, डब्ल्युटिओ र एसपियस सम्झौताको मुख्य प्रावधानका बारेमा जानकारी दिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपाल विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरेपछि खाद्य सुरक्षा, उपभोक्ताको स्वास्थ, उत्पादित वस्तुको मापदण्डलगायत कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताएका छन्।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका प्रमुख हस्तबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भारतबाट आउने खाद्य सामग्रीको स्वच्छतासम्बन्धी चेकजाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ भनेका छन्।
नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को १४६ औ सदस्य देश हो। खाद्य पदार्थको व्यापार विस्तार भएसँगै स्वच्छतासम्बन्धी त्रु्रटिहरू बढ्न गएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कार्यक्रममा जानकारी दिइएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस