काठमाडौं-साल्ट ट्रेडिङ्ग कर्पोरेसनले हरेक वर्ष मनाउँदै आईरहेको ‘आयोडिन मन्थ’ कार्यक्रम यो बर्ष पनि संचालन भईरहेको छ |
आयोडिनयुक्त नूनको प्रबर्द्धन तथा आयोडिनको कमीबाट हुने विकृति बारे जनचेतना जगाउने उद्धेश्यले ‘आयोडिन मन्थ’ आयोजना गरिएको हो |
कर्पोरेसनले जारि गरेको प्रेस विज्ञप्ति अनुसार फेब्रुवरी महिनाभर आयोडिनको कमीले हुने विकृतिहरू बारे जनचेतना जगाउने कार्यक्रम गरिने छन् ।
२१ जिल्लाको १७० बिद्यालयमा स्कूल एडभोकेसी, हाटबजारमा माइकिङ, अस्पताल, जनस्वास्थ्य चौकीहरूमा कार्यक्रम, तुल ब्यानर, र्याली, एफएम कार्यक्रम भईरहेको छ ।
कर्पोरेसनका अनुसार दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुङ, नारायणगढ, बनेपा, हेटौंडा, वीरगञ्ज, जनकपुर, राजविराज, लहान, विराटनगर र बिर्तामोड जनचेतनामूलक कार्यक्रम भईरहेको छ |
नेपाल युनिभर्सल साल्ट आयोडाइजेसन ( युएसआइ) को सदस्य राष्ट्र भएकाले ट्रेडिङ्गले सन् १९९८ देखि हरेक बर्ष फेब्रुवरी एक महिना ‘आयोडिन मन्थ’ मनाउदै आएको हो |
सरकारले विगत ५६ वर्षदेखि ट्रडिङलाई आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिइएको छ ।
कर्पोरेसनले जनाए अनुसार उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घरसंख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको मा सन् २०१६ मा नै ९४.५ प्रतिशत पुगेको छ |
‘आयोडिन मन्थ’ मा सहभागी बिद्यार्थी, शिक्षक, अभिभावक, ब्यापारी, कर्मचारी, गृहिणीले कर्पोरेसनको यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको जनाएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस