काठमाडौँ-तपाई हामीले हाम्रो भान्सामा बिभिन्न रेसिपीहरुको प्रयोग गर्दै माछा तथा मासु जन्य पदार्थको विभिन्न परिकार बनाएर खाने गर्दछौँ । तर के हामीले खाने गरेका यी परिकारहरु हाम्रो स्वास्थ्यलाई साच्चिकै फाईदा गर्छन् अथवा हानी नोक्सानी पनि छ? बिभिन्न प्रकारका टिका टिप्पणीहरु बाहिर आए तापनि चीनियाँ अनुसन्धानकर्ताहरुले गरेको अध्ययनलाई एक पटक अध्ययन गरौँ।
चिनिया अध्ययन टोलीले अमेरिकाका केहि ब्यक्तिहरुमा हालै गरेको एक अध्ययनका अनुसार मासु तथा माछाको परिकारमा फ्याट तथा नूनको मात्रा बढी हुन्छ र यो कार्डियो भास्कुलर रोगलाई प्रोत्साहन गर्न काफि छ । अत: यस्ता परिकारहरुको अत्याधिक प्रयोग मुटूको निम्ति हानिकारक छ ।
उक्त अध्ययनले ३० बर्ष भन्दा माथिका प्राय मानिसहरुमा मुटुको समस्या आउने गरेको र यसको कारण माछा मासु जन्य पदार्थको अति प्रयोग रहेको पाईएको छ ।
माछा मासुको अत्याधिक प्रयोगका कारण मुटु रोग हुने नखानेलाई भन्दा ७ प्रतिशत बढी रहेको पनि अध्ययनले देखाएको छ । र जो मानिस हप्तामा २ वा २ भन्दा बढी माछामासु सेवन गर्दछ, उसमा यो रोग तथा मृत्यु जोखिम समेत बढ्दै जान्छ ।
रिस्क फ्याक्टरलाई बढी जोड दिएर निकालिएको उक्त अध्ययन प्रतिवेदनमा माछा मासु जन्य खाध्य पदार्थलाई कसरी तयार गरेर खाने भन्ने बारे केहि खुलाईएको छैन । साथै अध्ययनमा समेटिएका स्याम्पलहरु अमेरिकी युवामा मात्र लागु हुने भएकाले अध्ययनको विश्वव्यापिकरणमा पनि समस्या देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस