काठमाण्डौ-चीनको हुवेवी प्रान्तस्थित हुवान सरकारले त्यहाँ रहेका तीन विशेष सार्वजनिक स्थललाई अस्थायी अस्पताल बनाउने भएको छ ।
सरुवा रोग नियन्त्रण विभागले दिएको जानकारी अनुसार जिम्नेसियम लगायतका तीन प्रदर्शनी केन्द्रहरुलाई कोरोना संक्रमित विरामीहरुको ब्यवस्थापन तथा उपचारका निम्ति प्रयोगमा ल्याइने भएको हो ।
होङसान जिम्नेसियम, हुवान अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र तथा हुवान सांस्कृतिक संस्थानका भवनहरुलाई अस्पतालका रुपमा प्रयोग गरिने भएको हो । यस क्षेत्रका कोरोना भाइरस संक्रमित तथा संक्रमणको शंका लागेका विरामीहरुलाई यी अस्थायी अस्पतालहरुमा राखेर उपचार गरिने छ ।
यी अस्पतालहरुले आपतकालीन ओषधि केन्द्र, इमरजेन्सी उपचार सेवा तथा मेडिकल जाँचको काम गर्ने छन् । सोमबार बेलुका बाट सुरु गरिएको उक्त काम मंगलबार सम्ममा सैयौ शैया सहित उपचारार्थ तयार हुने एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
यस अधि नै १ हजार शैयाको अस्पताल सञ्चालनमा आइसकेको छ भने १६ सय शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । चीनमा कोरोना भाइरसले ३ सय भन्दा बढीको ज्यान लिए पछि सरकार उक्त रोग संग लड्न आक्रामक भएर लागि परेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस