काठमाडौं – चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान क्वारेन्टाइनमा राखिने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोला भाईरस प्रभावित क्षेत्रबाट नेपाल ल्याउन लागिएका उनीहरुलाई १५ दिनसम्म क्वारेन्टाईनमा राख्ने तयारी भएको जानकारी गराएको हो ।
चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।
परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ ।
बाँकीलाई क्वारेन्टाइनमा राखिने छ ।
यसका लागि सम्भावित स्थलहरुको खोजी भैरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । परराष्ट्र मन्त्रालयले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन तयारी शुरु गरिसकेको जनाएको छ ।
कोरोना भाइरसका संक्रमण फैलिएसँगै चीनबाट नेपाल आउन चाहेका विद्यार्थीहरुलाई सुरक्षा सतर्कता अपनाएर ल्याउन तयारी गरिएको हो ।
नेपाल आउन चाहने विद्यार्थीको नामावली र विवरण संकलन भइरहेको र अहिलेसम्म १ सय ७७ विद्यार्थी बेइजिङस्थित दूतावासको सम्पर्कमा आएको मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस