काठमाण्डौ-कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ।बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ। फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ।
वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएकाे तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ।
फारामका लागि लिङक खोल्नुहोस :
HTTPS://CN.NEPALEMBASSY.GOV.NP/?P=3053
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस