४ हजार मजदुर, १ हजार ट्रकहरु, स्काभेटरहरु दिनरात नभनी २० दिन मै तोकिएको मितिमा अस्पताल निर्माण पूरा हुने |
काठमाडौँ-चीनको हुवान प्रान्तमा निर्माणाधिन बेइजिङको ‘सार्स ट्रिटमेन्ट मोडेल’ का अस्पतालहरु छिट्टै सञ्चालनमा आउने त्यहाँको समाचार संस्था सिन्ह्वाले प्रान्तिय सरकारी श्रोतलाई उदृत गर्दै बताएको छ ।
सरकारी अधिकारीका अनुसार हुवानमा निर्माणाधिन दुई अस्पतालहरुले फेब्रुअरी ३ र ६ तारिखबाट बिरामीहरुलाई सेवा दिन सुरु गर्ने गरि काम भइरहेको छ ।
४ हजार मजदुर, १ हजार ट्रकहरु, स्काभेटरहरु दिनरात नभनी २० दिन मै तोकिएको मितिमा अस्पताल निर्माण गर्न लागि परेको एक सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
‘द हाउसेनसेन’ (अग्निदेव हिमाल) नाम दिइएको उक्त अस्पताल ३४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ र यो अस्पतालहरुमा १ हजार शैया रहने छन् र उक्त अस्पतालमा फेब्रुअरी ३ तारिखबाट उपचार सुरु गरिने जानकारी स्थानिय नगर का मेयर जउ छियानवाङले दिएका छन् ।
१ हजार ५ सय शैया क्षमताको अर्को अस्पताललाई लेइसेनसेन नाम दिइएको छ जुन ७५ हजार बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यो अस्पतालले भने फेब्रुअरी ६ तारिखबाट आफ्नो सेवा सुरु गर्ने छ ।
स्मरण रहोस्, हालै मात्र कोरोना भाइरसबाट हुवानमा मात्र १२२० मानिस संक्रमित भएका छन् । ४२ जनाको मृत्यु गत विहिवार मात्र भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस