काठमाण्डौ-कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु भएको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको छ ।
विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने व्यवस्था भएपछि मात्र चीनले फिर्ता ल्याउन अनुमति दिनेछ । उनीहरुलाई आवश्यक पर्दा निगरानीको लागि छुट्टै ठाउँको व्यवस्था गर्न काठमाण्डौका केही अस्पताललाई निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।
वुहान शहरमा रहेका नेपाली विद्यार्थीमध्ये १ सय ७७ जना नेपाली दूतावासको सम्पर्कमा छन् । उनीहरु कोरोना भाइरसको संक्रमणबाट भने सुरक्षित भएको सरकारले दाबी गरेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीलाई नआत्तिन तर सजक हुन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ती निकालेर चीन सरकारले चालेका कदमलाई मनन गरी सुरक्षाका लागि चालिएका सबै प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि उच्चस्तरीय समिति पनि बनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस