काठमाण्डौ – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ७० पुगेको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको अधिकारीहरुले बताएका छन् ।
१२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको डाक्टरले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने चेतावनी दिएको छ । उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।
डाक्टर माइक र्यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमको प्रशंसा गरेका छन्
बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।
गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ।
डब्लुएचओका डा माइक र्यानका अनुसार सङ्क्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ । यो कोरोनाभाइरस सङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।
यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोनाभाइरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।
यसै साता सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस