काठमाडौं-क्षयरोग,दम ,जोर्नी तथा कालेस्टरोल जस्ता रोगबाट ग्रसित हुनुहुन्छ ? हुनुहुन्छ भने,तपाँइले आफनो भान्सामा सदैव देख्ने बस्तु ‘लसुन’ उचित तरिकाबाट प्रयोग गरेमा ती समस्याहरु बाट मुक्त हुन सक्नु हुन्छ । जसले गर्दा तपाँई केमिकलयुक्त अस्पतालका औषधिमा भरपर्नु पर्ने हुदैन । लसुन तपाँइ हामी सबैले सदैव प्रयोग गरिरहेको हुन्छौं । यो आयुर्वेदिक औषधि समेत भएको हुदाँ यसको प्रयोगले तपाँइको स्वस्थ्यमा फाइदा पुर्याउने चिकित्सकहरुको भनाई रहेको छ ।
लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।
यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् ।
जस्तो क्षयरोगको विरामीले लसुन प्रयोग गर्नाले शरीरमा भएका क्षयरोगका किटाणुलाई यसले नष्ट गर्दछ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकोले क्षयरोगका बिरामीलाई अत्यन्त लाभदायक हुन्छ । के क्षयरोगलाई मात्र फाइदाजनक छ त लसुन विस्तृतमा हेर्नेहोस् लसुन खानुका फाइदाहरुः
१-लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
२-दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
३-सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले शरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भागाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।
४-दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस