काठमाण्डौ-जुन पुरुष काखमा ल्यापटप राखेर चलाउन उसको प्रजनन क्षमता घट्छ । यदी तपाई आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने सावधान हुनुस् ।
डाक्टरहरुका अनुसार यसो गर्दा पुरुषहरुको स्पर्ममा असर पर्छ र तपाई पिता बन्ने सुखवाट टाढा हुन सक्नुहुन्छ । बेलायतमा भएको एक घटनाले यसलाई प्रमाणित गरेको छ ।
बेलायतका स्कट रीड नामक एक ब्यक्ति पिता वन्न नसकेपछि उनले डाक्टरहरुसँग सल्लाह गर्नपुग्दा उनलाई डाक्टरले ल्यापटम काखमा राखेर चलाउने गरेको कारण देखाए ।
उनको शरीरमा स्पर्म भरपूर मात्रामा उत्पादन भए पनि स्पर्मले सक्रियता नपाएकाले यस्तो असर गरेको थियो । डाक्टरका अनुसार स्कटको स्पर्म हिट ड्यामेजको शिकार वनेको थियो ।
खासगरी ल्यापटप काखमा राख्दा ल्यापटपवाट निक्लिने तातो हावाका कारण यस्तो हुने गर्दछ । यस्तो समस्या खाना पकाउने काम गर्ने कुक वा सेफलाई पनि हुने गर्दछ । ताते ठाउमा काम गर्दा तीनीहरुको स्पर्म ड्यामेज हुने गर्दछ ।
त्यसैगरि तातोपानीले नुहाउदा पनि पुरुषमा नपुंसकता हुने एक अध्ययनले देखाएको छ |अध्ययन अनुसार शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले बिकसित हुने देखाएको छ । उक्त अध्ययनले पुरुषहरुले तातो पानीले नुहाउने बानीले नपुंसकताको कारण हुनसक्ने देखाएको छ । चिसो पानीले नुहाउँदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने पनि एक तथ्यले फेला पारेको छ ।
नपुंसकताबाट बच्ने ४ उपाय
१-मज्जाले घाम ताप्नुहोस् -घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ । यसले मानिसमा प्रजनन क्षमता बढाउँछ । भिटामिन डीले महिलामा सेक्स हर्मोन प्रोजेस्टोन तथा एस्टोजेनको स्तर बढाउँछ जसबाट महिनावारी नियमित हुने तथा गर्भधारण सहज हुन्छ । पुरुषमा घामले शुक्राणुको संख्या बढाउन मद्धत गर्छ ।
२-आराम गर्न समय निकाल्नुहोस् – महिलाहरुको प्रजनन क्षमतामा तनावले ठूलो असर पूराउँछ । तनाव र बढि व्यस्तताले पुरुषमा शुक्राणुको उत्पादन कम गर्छ र यौन इच्छा पनि घटाउँछ ।
३-दुध प्रसस्त खानुहोस् – एक अध्ययन अनुसार जो महिलाले दिनमा एक पटक दुग्धजन्य पदार्थ खान्छन् उनीहरुमा बाँझोपनको खतरा एक चौथाइले घट्छ । दुग्धजन्य पदार्थले अण्डासयको कामलाई नियमित तथा सन्तुलित बनाउँछ ।
४-धूमपान त्याग्नुहोस् -धूमपान गर्ने पुरुषमा नपुंशक बन्ने खतरा ५० प्रतिशत बढि हुने तथा धूमपानका अम्मली पुरुषहरुमा शुक्राणुको संख्या कम हुने अध्ययनले देखाएको छ ।
धूमपान गर्ने महिलाहरुको प्रजनन क्षमता धूमपान नगर्ने महिलाहरुको तुलनामा ३० प्रतिशत सम्म कम हुने विज्ञहरुको भनाई छ । धूमपानको कारण गर्भाशयमा गर्भाधान तथा भ्रुणको विकाश हुनमा समेत बाधा पर्नसक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस