काठमाडौं। चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यरबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाब दिएका हुन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनके विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन ।”–श्रेष्ठले भने ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए ।
चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिएपनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ । “स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन ।”–श्रेष्ठले भने ।
तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाई छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागु भइसकेको श्रेष्ठले बताए ।
चीनसँगका नाका तथा त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । “शंका लागेमा सिधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।” टेकमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए ।
”नसर्ने रोग भए डराउनुपर्थेन । यो रोग सर्ने खालको हो । किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ । मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ ।”–श्रेष्ठले भने ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए ।
अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे ।
“कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।” उनले भने ।
नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चिनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उनको जिकिर छ । “नेपालमै संक्रमण भएको हैन । चिनबाट आएको हुनाले देखिएको हो । उहाँबाट अरुलाई सर्ने सम्भावना छैन । उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ । यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।” पाण्डेले भने । “टेकु अस्पताल पूर्ण तयारीमा छ । आवश्यक बेड तयार पारेका छौँ । कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ ।”
कोरोना भाइरस श्वाँसप्रश्वाससँग सम्बन्धित् भाइरस भएकाले एक मिटरको दुरीसम्म एक व्यक्तिले हाँच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाई छ । “संक्रमणबाट जागिन सरसफाईमा ध्यान दिनुपर्छ । चीनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन ।” पाण्डेले बताए ।
रोगसँग लड्ने क्षमता कम भएका वृद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाई छ ।
रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिदै चिनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु नपर्ने बताए ।
यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिए । कोरोना भाइरस आपैमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए ।
“कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो ।” उनले भने । यद्यपी यो भाइरस नयाँ भएकाले धेरै जानकारी भएको बताउँदै उनले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको बताए ।
उनले यो भाईरसको लक्षणमा एक सय चारभन्दा बढि फरेन हाईटमा ज्वरो आउने, श्वाँसप्रश्वाँसमा अत्यधिक समास्या आउने, रुघा र खोकी लाग्ने मुख्य रहेका छन् । पुनले नोवल कोरोना भाईरसबाट कसरी आफू र अरुलाई बचाउने भन्नेबारे पनि बच्ने उपायहरु अघि सारेका छन् ।
उनले अघि सारेका उपायमा नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाँच्छु गर्दा नाक र मुख छोप्ने, यदि फ्लुजस्तो लक्षण देखा परेमा चिकित्सिकसँग परामर्श लिने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीबाट टाढा बस्ने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खाने रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस