काठमाडौं – आजका सबैजसो पत्रपत्रिकाले कोरोना भाईरस नेपालमा भित्रिएको खबरलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेको छ ।
चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा भाइरस पाइएको बताए।
अन्नपूर्णपोष्ट दैनिकले लेखेको खबर अनुसार, नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो।
सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले भने, ‘एक व्यक्तिमा जाँच गर्दा पोजेटिभ आएको छ। अहिले ती व्यक्तिमा लक्षण देखिएको छैन। उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ।’
अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उनले जानकारी दिए।
चीनको युवान प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमणको त्रासमा छन्। त्यहाँ सयौं संक्रमित फेला परेका छन्।
युवानबाट स्वदेश फर्किएका संक्रमित युवक पनि विद्यार्थी रहेको स्रोतले बतायो। युवानमा रहेका अन्य नेपाली विद्यार्थी बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले हालसम्म कुनै नेपालीलाई पनि संक्रमण नभएको जनाएको छ।
युवान क्षेत्रमा संक्रमणको डरले मानिसहरू बाहिर निस्कन छोडेका छन्। बाहिर निस्कनै परेमा सबैले मास्क लगाउने गरेको एक विद्यार्थीले टेलिफोनमा अन्नपूर्ण पोस्टलाई बताए।
हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘एकजनालाई अब्जरभेसनमा राखिएको छ। हङकङबाट आएको हुनाले जोखिम छ कि भनेर निगरानीमा राखिएको हो।
सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ। विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस