काठमाडौं-नेपाली चुल्होमा सँधै भात पाक्ने गर्छ । भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं । तर, भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि निकै लाभकर हुने बताएका छन् । चामलको पानीमा भरपुर कार्बोहाइड्रेड र अमिनो एसिड पाइने गर्छ । जसले शरीरलाई शक्ति दिने डाक्टर दाधीचको भनाई छ ।
हेर्नुहोस् चौलानीको पानीका नौं फाइदाः
१ – कमजोरीको हटाउँछ चामलको पानी निकै शक्तिबर्द्धक हुन्छ । यो पानी पिएपछि शरीरलाई शक्ति मिल्छ । कमजोरी हट्छ ।
२ – पेट पोलिने समस्या हट्छ पेट पोलिने समस्या छ भने एक कप चामलको पानी पिउनुहोस् । समस्या समाधान हुन्छ ।
३ – मुहारको दाग धब्बा हट्छ मुहारमा डण्डीफोर, दाग धब्बा, छ भने चामलको पानीले मुख धोए हट्छ । छाला सफा र चम्किलो हुन्छ ।
४ – कब्जियतबाट राहात चामलको पानीमा धेरै फाइबर्स हुन्छ । यो पानी पिएमा अपच हुने समस्या हट्छ । अनि कब्जियतको समस्या पनि समधान हुन्छ ।
५ – पानीको कमी हुन दिँदैन शरीरमा पानीको कमी भएको खण्डमा चामलको पानी पिउनु पर्छ । छिटै आमाम मिल्छ ।
६ –भाइरल संक्रमण तपाइलाई भाइरल फिबर भएको छ भने चामलको पानी पिउनुहोस् । शरीरमा शक्ति मिल्नुका साथै आराम महशुस हुन्छ ।
७ – कपाल स्वस्थ राख्न स्याम्फुले कपाल धोएपछि चामलको पानी कन्डिशनर जस्तै प्रयोग गर्नुहोस् । यसले कपाल झर्ने समस्या हट्छ । साथै कपाल सिल्की र सफा देखिन्छ भने छिटो बढ्ने हुन्छ ।
८ – आँखाको चमक बढाउन आँखाको चमक राम्रो छैन भने चामलको पानीले राहात दिन सक्छ । राती सुत्नुभन्दा अघि चामलको पानी आँखाको आसपास लगाउनुहोस् । केही दिनमा आँखाको चमक बढ्ने छ ।
९ – बान्ता हुने समस्याको सामाधान लगातार बान्ता हुने समस्या भइरहेको छ भने चामलको पानी प्रयोग गर्न सकिन्छ । दिनको २–३ पटक चामलको पानी पिएमा त्यो समस्या छिटै निको हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस